प्रथम राष्ट्रपति विद्यादेवी भण्डारी बारेमा
(२०७२ कार्त्तिक ११, बुधवार)
(२०७२ कार्त्तिक ११, बुधवार)
सत्तामा पुगेको व्यक्तिलाई महान मानिसका रुपमा देवत्वकरण गर्ने प्रचलन सभ्य समाजमा खासै रुचीकर मानिँदैन ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि महान महिला का रुपमा देवत्वकरण गर्ने प्रयास विशेषतः एमाले नेता-कार्यकर्ताबाट हुन थालेको छ । तर, विद्याको पृष्ठभूमिलाई हेर्दा उनी एक सामान्य नागरिकभन्दा फरक देखिन्नन् ।
आफ्ना पति अर्थात् एमालेका जननेता मदन भण्डारीको विरासत, पार्टीभित्रबाट निरन्तर संरक्षण अनि �भाग्य� लाई बिर्सने हो भने विद्या भण्डारी आज प्रथम महिला राष्ट्रपतिको कुर्सीमा शायदै पुग्ने थिइन् ।
अहिलेसम्म विद्याले आफ्नो परिवार र समाजका लागि खासै सिक्न लायक छाप छाडेको पाइँदैन । अब यो रिक्त स्थान पूरा गर्ने अवसर पाएकी छिन् उनले ।
पार्टीभित्र रहँदा विद्यासँग असहमति राख्ने नेता कार्यकर्ताहरुले विद्यालाई छुची नेतृका रुपमा बुझ्ने गरेका छन् । विशेष गरी महिला नेतृहरु उनीसँग रुष्ट छन् । विद्याकै कारणले उर्मिला अर्याल एमाले छाडेर एमाओवादीमा लागेको बताउनेहरु पनि छन् ।
परिवारका सदस्यहरु पनि विद्याको भूमिकाबाट खासै सन्तुष्ट देखिँदैनन्, जुन नेपाली समाजको आम प्रचलन नै हो ।
प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीको आन्तरिक जीवनका केही पाटाहरु यस्ता छन् :
नेकपा एमालेले सार्वजनिक गरेको विद्यादेवी भण्डारीको वायोडाटा अनुसार उनले गृहजिल्ला भोजपुरबाट आइए उत्तीर्ण गरेकी छिन् भने बिराटनगरबाट बीएसम्मको अध्ययन गरेकी छिन् ।
विसं २०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याङ-२ मा जन्मेकी विद्याका पिता रामबहादुर पाण्डेको निधन भइसकेको छ । आमा मिथिला पाण्डे भने जीवितै छिन् । उनका दाजुभाइ तीनजना छन्, जसको नाम तेजेन्द्र, टेकेन्द्र र डेगेन्द्र पाण्डे हो । सुशिला पाण्डे र विद्या दुई दिदीबहिनी हुन् ।
विसं ०३९ सालमा कम्युनिष्ट नेता मदन भण्डारीसँग विवाह गरेकी विद्याका दुई छोरी छन् । जेठी छोरी उषाकिरण भण्डारीले उमेश थापासँग विवाह गरेकी छिन् भने कान्छी छोरी डा. निशाकुसुम भण्डारीको विवाह हुन बाँकी छ ।
एकल महिला विद्यादेवीका घरतर्फ एकजना जेठाजु र तीन देवरहरु छन् । उनका जेठाजु मनोज भण्डारी घरबार छाडेर हिँडेका सन्यासी हुन् । देवरहरु मोहन, प्रेम र डा. कैलाश भण्डारी सामान्य जीवन यापन गरिरहेका छन् ।
विद्याका पाँच आमाजू र नन्दमध्ये एकजना गीता लामिछानेको निधन भइसकेको छ । शारदा र राधाले निरौलासँग विवाह गरेका छन् भने इन्दुले बरालसँग र शान्ताले पोखरेलसँग विवाह गरेका छन् ।
जन्म भोजपुरमा र कर्म मोरङमा भए पनि विद्या हाल अनामनगरमा रहेको देवर डा. कैलाश भण्डारीको घरमा बसोबास गर्दै आएकी छिन् ।
विद्याको नागरिकता नम्बर ३७६८/११८४ हो भने पासपोर्ट नम्बर ४२२९३१० हो । उनको घरको फोन नम्बर ०१-४४८४३२२ हो । उनले इमेल bidyadevi@icloud.com चलाउँछिन् ।
शिक्षाको कुरा गर्दा विद्या खासै अब्बल विद्यार्थी होइनन् । उनले बीएसम्म अध्ययन गरे पनि उत्तीर्ण गर्न सकिनन् । भोजपुरको बेहेरेश्वर प्राविमा वाल्यकालीन शिक्षा लिएकी उनले भोजपुरकै विद्योदय व्यवसायिक सेकेन्डरी स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेकी हुन् । साहित्य लेखनमा रुची रहेको बताए पनि उनले लेखेका साहित्य वा रचनाहरु खासै पढ्न पाइएको छैन ।
भोजपुर क्याम्पसबाट आइए उत्तीर्ण गरेकी विद्याले बिराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बीए अध्ययन गरिन् । सोही समयमा उनले मोरङको बेलबारी-१, नक्सलबारीमा अवस्थित जनज्योति प्रावि (हाल मावि) मा चार वर्षसम्म सामाजिक शिक्षा पढाइन् ।
नेपाली, हिन्दी र अंग्रेजी जान्ने विद्याले भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानडा, इटली र थाइल्याण्डको भ्रमण गरेकी छिन् ।
हाल व्यवस्थापिका संसदमा समानुपातिक तर्फबाट सदस्य रहेकी विद्या नेकपा एमालेको उपाध्यक्ष हुन् । उनी लामो समयदेखि अनेम संघको अध्यक्षसमेत रहँदै आएकी छिन् । त्यसैगरी उनी मदनभण्डारी फाउन्डेसनको पनि अध्यक्ष रहँदै आएकी छिन् । उनी अफ्रोृ एशियाली जनएकता संघको उपाध्यक्ष समेत छिन्, जसको अध्यक्षमा केपी ओली छन् ।
अब राष्ट्रपति बनेपछि विद्याले सम्हाल्दै आएका यी सबै जिम्मेवारीबाट नैतिकताका आधारमा हट्नुपर्ने भएको छ । एमालेमा अहिलेसम्म टाक्सिएर रहेको अनेम संघले नयाँ नेतृत्व पाउने सम्भावनाको ढोका खुलेको छ ।
No comments:
Post a Comment