नवनिर्वाचित राष्ट्रपतिको सपथ विहीवार दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा
(२०७२ कार्त्तिक ११, बुधवार)
(२०७२ कार्त्तिक ११, बुधवार)
नवनिर्वाचित राष्ट्रपतिको सपथ विहीवार (भोलि) दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा भव्य समारोहकाबीच गर्ने तयारी गरिएको छ ।
संविधानअनुसार नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सपथ दिलाउने छन् । सपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई पदभार हस्तान्तरण गर्ने कार्यक्रम छ ।
यता, मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवलाई राज्यका तर्फबाट अतिविशिष्ट व्यक्तित्वका रुपमा आवाससहितको सुविधा उपलब्ध गराइने भएको छ ।
उनको आवासकालागि ललितपुरको भैंसेपाटीमा सुविधासम्पन्न घर बन्दोबस्त गरिसकिएको जनाइएको छ । इमेजखबरमा समाचार छ ।
No comments:
Post a Comment